काठमाडौं । २०८१ फागुन १३ गते मंगलबार(हिजो) नेपाली बजारमा कायम गरेको १ लाख ७१ हजार ३०० रुपैयाँ प्रतितोलाको मूल्यको रेकर्डबाट आज सुनको मूल्य तल ओर्लिएको छ । हिजो कारोबार भएको मूल्य नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।
तोलामा ८ सय रुपैयाँले घटेर आज सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १९४० रुपैयाँ रहेको छ । हिजोको तुलानामा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।






















