Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नवनियुक्त बीमा प्राधिकरणका अध्यक्ष ओझाद्धारा सपथसँगै पदभार ग्रहण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका  हुन् ।

उनीलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए।

ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनले आजै पदभार ग्रहण गर्दै युवापुस्तामा सरकारले गरेको विश्वासलाई निराशामा परिणत हुन नदिनेगरी काम गर्ने र देखिने परिवर्तन ल्याउन आफू लागिपर्ने बताएका छन् । उनी आगामी ४ वर्षको लागि बीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका हुन् ।

 

Health Tips Ad Road Block