काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीको फागुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिँदैछ ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ ।






















