Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अमेरिकाको लस एन्जलसमा आयोजित ‘एड्भेन्चर ट्राभल शो’ मा नेपालको पर्यटन प्रवर्द्धन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । अमेरिकाको लस एन्जलसमा फेब्रुअरी २२ र २३ मा सञ्चालित ‘एड्भेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागितासहित प्रवद्र्धन गरेका हुन्।

लस एन्जलसमा सञ्चालित उक्त पर्यटन मेलामा नेपालले डेढ दशकपछि सहभागिता जनाएको हो। मेलामा नेपाल ट्रेक एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालि, ओझा होलिडे टुर एन्ड ट्रेक्स प्रालि, फ्रेन्ड्स एड्भेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् । नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक कार्यका बारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालिका सञ्चालक एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिए ।

सन् २०२४ मा नेपाल घुम्न आएका पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डको तथ्याँकमा उल्लेख छ । नेपाल आउने पर्यटकमध्ये छिमेकी देशहरुपछि अमेरिका पर्दछ ।

मेलामा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र लामा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, पर्यटन व्यवसायी रमेश ओझा, नवीन पोखरेल, कुन्दन मिश्रलगायतको सहभागिता रहेको छ ।

यस्तै अमेरिकाको क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत ऋषिप्रसाद ढकालको समेत उपस्थिति थियो। दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इन्डोनेसिया, भियतनाम, ताइवानलगायत देशका झण्डै १०० भन्दा बढी कक्ष राखिएका छन् ।

Health Tips Ad Road Block