Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाइटबाट आईपीओ पर्यो कि परेन भनेर हेर्न सकिनेछ ।

कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

Health Tips Ad Road Block