Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिगत ९ वर्षदेखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ूहेल्मेट्स नेपालू ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् । पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन् ।

नक्सालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने कम्पनीले जनाएको छ । आगामी दिनहरुमा यो सुबिधाहरुलाई थप विस्तार गर्दै लैजाने हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशीले बताए ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विस्वास लिइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसेसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन् । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब ६ स्थानहरुबाट सेवा प्रदान गर्ने जनाएको छ ।

Health Tips Ad Road Block