काठमाडौं । सुनको मूल्य फेरि नयाँ रेकर्डको विन्दुमा पुगेको छ । बिहीबार १ लाख ७१ हजारको नयाँ रेकर्डको विन्दुमा सुनको मूल्य पुगेको हो । यसअघि कार्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँमा सुनको मूल्यले रेकर्ड बनाएको थियो ।
बुधबार १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १९९५ रुपैयाँ रहेको छ ।






















