Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निजामती कर्मचारी संगठनद्धारा उच्च अदालतको फैसला कार्यान्वयन गरिदिन मन्त्रीसँग आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ । संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो । विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरु मन्त्रालय पुगेका थिए ।

भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई ज्ञान र कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । उनले नवनिर्वाचित नेतृत्वसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्दता पनि व्यक्त गरेका छन् ।

भेटमा निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहल गरिदिन मन्त्री गुप्तासँग आग्रह गरे ।

नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसम्बद्ध कर्मचारीहरुको संगठन हो । काठमाडौंमा हालै सम्पन्न १२औँ महाधिवेशनले दाहालको नेतृत्वमा ऐतिहासिक कार्यसमिति निर्वाचित गरेको थियो ।

Health Tips Ad Road Block