Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निष्काशित ९७ श्रमिकको पुनर्बहाली नभएसम्म हेटौंडाको एन्टारटिक बिस्कुट उद्योगको आन्दोलन नरोकिने, सातौँ दिन पनि कालोझण्डासहित विरोध जारी

Citizenlife ad 2082 falgun to baishak 2083

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिले गैरकानुनी तवरबाट ९७ जना श्रमिकलाई निष्काशन गरेको विरोधमा थालिएको आन्दोलन सातौँ दिन पनि जारी रहेको छ । कालोझण्डासहित विभिन्न नारासहित विरोधमा उत्रिएका श्रमिकहरुले आन्दोलनलाई जारी राखेका हुन् । निष्काशित श्रमिकको पुनर्बहालीका माग गर्दै नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपालको अगुवाईमा भएको आन्दोलन थप चर्किँदै गएको छ ।

श्रमिकहरुले दैनिक एक घण्टा शान्तिपूर्ण धर्ना एवं विरोध कार्यक्रमलाई निरन्तरता दिँदै व्यवस्थापन पक्षलाई माग पुरा गराउन दबाब दिइरहेका छन् । उनीहरुले मानसिक हिंशा विरोधी गतिबिधि बन्द गर, कानुनी शासन स्थापित गर, उद्योगीको मतियार होशियार, मर्यादित ज्याला निर्धारण गर लगायतका नारा लगाएर आन्दोलन थप चर्काउँदै लगेका हुन् । त्यसैगरी उनीहरुले श्रम कार्यालय होशियार भन्दै खबरदारीसमेत गरेका छन् ।

हाल भइरहेको विरोध एवं आन्दोलनलाई नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी मकवानपुरले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी ऐक्यबद्धता जनाएका छन् भने जिफन्टका २३ घटक संगठनको साथ र समर्थन रहेको छ ।

विरोध सभामा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेशका अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायत विभिन्न घटकका नेताहरुको सहभागिता रहेको छ । जिफन्ट प्रदेशले यो आन्दोलन एउटा कारखानाका श्रमिकहरुको मात्र नभएर जिफन्ट र योसँग आबद्ध २३ वटै घटक यूनियनहरुको साझा आन्दोलन रहेको भन्दै शान्तिपूर्ण दबाब एवं अन्दोलनलाई वेवास्ता गरिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

कानुनको उल्लंघन गरेर अनुचित श्रम अभ्यास गर्ने व्यवस्थापकको व्यवहार नसच्चिएसम्म नछाड्ने उनीहरुको चेतावनी छ । यसबारे संसदमा समेत आवाज उठ्दै गएको छ । श्रमिकको शान्तिपूर्ण आन्दोलन विस्तारै भुसको आगो झैं ठूलो बन्दै गएको देखिन्छ ।

आन्दोलनलाई व्यवस्थित बनाउन समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल र अन्य सदस्यहरुमा धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरी माग पुरा नभएसम्म कारखानामा आन्दोलन थप चर्काउने उनीहरुको चेतावनी छ ।

यसैबीच श्रम कार्यालय हेटौंडाको मध्यस्थतामा व्यवस्थापन पक्ष र श्रमिक प्रतिनिधिबीच वार्ता हुँदैछ ।

Health Tips Ad Road Block