Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आगामी आर्थिक वर्षको बजेटको सिलिङ १९ खर्ब

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सिलिङ १९ खर्बको हुने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो । त्यसअनुरुप नै आयोगले अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन २०८१ पेश गरेको छ ।

त्यसैगरी योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नेसम्बन्धी मार्गदर्शन पनि अर्थ मन्त्रालयमा पेश गरेको छ ।

चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयको छ ।

त्यसमा करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना आयोगले स्रोतको अनुमान गरेको हो ।

Health Tips Ad Road Block