काठमाडौं । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण भोलि (फागुन ८ गते) देखि ११ गते सम्म काठमाडौंडौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु त्यहाँ रहनेछन् ।
यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखि सहयोगी बन्दै आइरहेको आयोजकको भनाइ छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Construction materials, Chemicals, Construction Machinery, Pre-fab Structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels, Adhesives हरुको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा विगत ९ वर्षदेखि मेला आयोजना गर्दै आइरहेको छ । यो प्रदर्शनीमा निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्षमा रहने आयोजकको भनाइ छ । यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने आशा गरिएको छ ।
यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहने बताइउको छ । साथै नीजिघर बनाउन चाहने, ब्यापारिक कम्प्लेक्स, ब्याबसायिक भवन बनाउने व्यतिm तथा संस्था सार्थ आम नागरिकको बढीभन्दा बढी सहभागिता रहनेछ । यस प्रदर्शनीको टाईटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ । सहयोगी संस्थाहरु Federation of Contractors Association of Nepal (FCAN), Society of Consulting Architectural and Engineering Firms (SCAEF), Society of Nepalese Architects (SONA) तथा Interior Designers Association of Nepal (IDEA) रहेको यो प्रदर्शनी ४ दिन सम्म चल्नेछ भने प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।






















