Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज डिस्चार्ज भएका हुन्।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ। ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ।’

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको अस्पतालले उल्लेख गरेको छ ।

Health Tips Ad Road Block