Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीमा प्राधिकरण अध्यक्षका लागि ‘सर्ट लिष्ट’ मा परेका ५ जनाको नाम सार्वजनिक, को–को परे ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले ‘सर्ट लिष्ट’ मा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये अन्तिम पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

अर्थद्धारा सार्वजनिक सूचना अनुसार कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा अन्तिम पाँचमा परेका छन् । उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाइएको छ । ‘सर्ट लिष्ट’ मा परेका पाँचै जनालाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते दिउँसो २ बजे अर्थ मन्त्रालयमा बोलाइएको छ ।

अर्थको अन्तिम पाँचको लिष्टमा परेका रेग्मी प्राधिकरणमा निर्देशक पदमा रहेका छन् । यस्तै चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव एवं कृषि विकास बैंकको अध्यक्ष समेत रहेका छन् । यता ओझा भने पत्रकारिताका साथै अध्यापन क्षेत्रमा रहेका छन् ।

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकतासम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि उनको कार्यकाल एक महिना बाँकी रहँदैदेखिबाट प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । त्यसपछि सरकारले पुस २६ गते १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो । अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा पूर्वअर्थ सचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् । आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजनासहितको प्रस्तुतीपछि तीन जनाको ‘सर्ट लिष्ट’अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषदले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।

Health Tips Ad Road Block