काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
प्रतिकित्ता १०० रुपैयाँका दरले कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने स्वीकृती पाएको छ ।
उक्त हकप्रद शेयर निष्काशन प्रयोजनका कम्पनीले फागुन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।






















