Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर अस्पतालमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर अस्पतालमा पुगेका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटनका क्रममा बेलुन पड्केर घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि सिम्रिक हेलिकप्टरबाट काठमाडौं ल्याएर थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवैजनाको उपचार भइरहेको बताएका छन् ।

अस्पतालद्धारा जारी विज्ञप्तिमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरको ५ देखि ६ प्रतिशत हाराहारीमा जलेको छ । अनुहानमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।

Health Tips Ad Road Block