skip this News Page Tips Ad Road Block

हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ का लागि बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेका लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेसहित विविध प्रस्ताव पारित गर्न ३१ औँ साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा अनमोल ब्याक्वैट शंखमुल, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ।

उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजका लागि समेत) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विविध प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १५ गते बुक क्लोज गर्दैछ । यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउने तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block