skip this News Page Tips Ad Road Block

इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आवद्ध हुन नपाइने, सबै पदमा उम्मेदवार हुन पाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभा एवं आठौं अधिवेशनले विधान संशोधन गरेको छ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने इप्पानको विधान २०७८ लाई संशोधन गरी सबै पदहरुमा चुनाव गराउने गरी व्यवस्था गरेको छ तर अध्यक्षको हकमा एक कार्यकाल कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी विधानमा शंसोधन गरी ५ उपाध्यक्षलाई ७ पुर्याउने, ५ सचिवलाई ७ पुर्याउने र स्थायी आमन्त्रित सदस्यको रुपमा ५ जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ । यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउने इप्पानले जनाएको छ ।

इप्पानका नवनिर्वाचित र पूर्व पदाधिकारीले इप्पानलाई बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोको रुपमा विकास गर्ने गरी विधान शंसोधन गरिएको र पारित भएको जानकारी दिएका छन् । इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आवद्ध हुन नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ ।

Health Tips Ad Road Block