Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२१ प्रतिशतभन्दा बढी लाभांश दिन लागेको आईएमई लाइफ इन्स्योरेन्सले साधारण सभा बोलायो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शेयरधनीलाई २१ प्रतिशतभन्दा बढी लाभाँश दिन लागेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले फागुन १५ गते आइतबार दियो महल, धुम्बाराही, काठमाडौंमा आठौँ वार्षिक साधारण सभा आव्हान गरेको हो । साधारण सभा बिहान ११ बजे सुरु हुने कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

इन्स्योरेन्सले शेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) दिने निर्णय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यस अनुसार फागुन १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block