Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनुपर्छ

Citizenlife ad 2082 falgun to baishak 2083

बुटवल । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब शहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिनसक्नुपर्ने र त्यो सरकारको दायित्व भएको बताएका छन् । बुटवल पुगेका सिंहले नागरिकको जीवन सहज बनाउने गरी शहरलाई अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

उनले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताए ।

सिंहले बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको भनाई राखे । आर्थिक गतिविधि मात्र होइन बुद्धजन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले मापदण्ड पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।

Health Tips Ad Road Block