काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम आज रहेको छ । प्रतिनिधिसभाकाे बैठक आज बस्ने र दिउँसो १ बजेदेखि प्रश्नोत्तर कार्यक्रम राखिएको हो ।
सरकारले अगाडि बढाएकाे अध्यादेशलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको हो ।
प्रतिनिधिसभामा सांसदहरुले प्रत्यक्षरुपमा राखेका प्रश्नहरुलाई रोस्टमा उभिएर प्रधानमन्त्रीले जवाफ दिनेछन् । आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई धेरैले चासोकोरुपमा लिएका छन् ।





















