काठमाडौं । बजारमा पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टितेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचिअनुसार नेपालमा पनि मूल्य थपघट भएको नेपाल आयल निगमले जनाएको छ ।
साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा एक रुपैयाँले बढाईएको र डिजेल /मट्टितेलमा प्रतिलिटरमा चार रुपैयाँले घटाईएको निगमले जनाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ ले बढेर र डिजेलमा ३.५९ ले घटेर आएको निगमले बताएको छ ।
निगम सञ्चालक समितिको निर्णय आज राति १ बजेदेखि लागु हुनेछ ।






















