काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्केर घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि सिम्रिक हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। दुवैजनालाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवैजनाको उपचार भइरहेको बताएका छन् ।
अस्पतालद्धारा जारी विज्ञप्तिमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरको ५ देखि ६ प्रतिशत हाराहारीमा जलेको छ । अनुहानमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
अर्थमन्त्री पौडले र मेयर आचार्यको मुख र शरीरमा आगोको लप्काले पोलेको थियो ।
काठमाडौं ल्याउनुअघि उनीहरुलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ती बाल्नेक्रममा बेलुन पड्किएको थियो।