Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पोखरामा बेलुन पड्केर घाइते अर्थमन्त्री पौडेल र मेयर गुरुङलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटनका क्रममा बेलुन पड्केर घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि सिम्रिक हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। दुवैजनालाई थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवैजनाको उपचार भइरहेको बताएका छन् ।

अस्पतालद्धारा जारी विज्ञप्तिमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको शरीरको ५ देखि ६ प्रतिशत हाराहारीमा जलेको छ । अनुहानमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।

अर्थमन्त्री पौडले र मेयर आचार्यको मुख र शरीरमा आगोको लप्काले पोलेको थियो ।

काठमाडौं ल्याउनुअघि उनीहरुलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ती बाल्नेक्रममा बेलुन पड्किएको थियो।

Health Tips Ad Road Block