Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बुढानिलकण्ठ नगरपालिकाले गरेको चौथो रोजगार तथा वृति मेलामा दर्जनौं आवेदन, शनिबार पनि बेरोजगारले आवेदन दिनसक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला शुरु भएको छ। नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको मेलाको पहिलो दिन विभिन्न रोजगारदाताहरुको स्टलमा आएर दर्जनौं नगरबासीले रोजगारका लागि आवेदन दिएका छन्। नगरपालिकाभित्र संचालनमा रहेका विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरुले राखेको स्टलमा र अनलाइनमार्फत आवेदन दिएका बेरोजगार नगरबासीहरुलाई रोजगार दिने तयारी गरिएको छ भने भोलि फागुन ३ गते शनिबार पनि इच्छुक बेरोजगार नगरबासीले ९ बजेपछि नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको रोजगार मेलाको उदघाटन समारोहमा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्यसहित मेलाको औचित्यमाथि प्रकाश पारेका थिए। विगतका मेलामा परामर्श र रोजगार प्रवद्र्धनलाई जोड दिएको नगरपालिकाले यसपटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सक्ने व्यवस्था गरेको छ । जसमा पहिलो दिन दर्जनौं बेरोजगार नगरबासीले आफूले चाहेको पदमा आवेदन दिएका हुन् ।

शिक्षा, सिप र उद्यमशीलतास रोजगारी हाम्रो प्राथमिकता भन्ने नारासहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गरिरहेको नगरपालिकाले यसपालीको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ। पहिलोदेखि तेस्रो वृत्ति मेलामा समेत रोजगारी एवंं युवा तथा विद्यार्थी वृत्ति परामर्शलाई प्राथमिकतामा राखिएको थियो । यस अवधिका तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो ।

तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलन समेत गरिएको छ । मेलामा कम्तीमा १०० जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने, २०० जनालाई इन्टर्नका लागि तयार गर्ने, १५० जनाका लागि साइकोमेट्रिक टेष्ट, औद्योगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थीका अभिभावकलाई समेत करियरसम्बन्धी काउन्सेलिङ, १०० जना युवालाई सिंगल काउन्सेलिङ, ४०० जना युवाहरुलाई सामुहिक काउन्सेलिङ लगायतका कार्यक्रम राखिएको छ।

माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ। यसै गरी १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सयौँको सङ्ख्यामा रोजगारदाता र बेरोजगार युवाहरुबीच रोजगारीका लागि सम्पर्क स्थापित भएको छ। यस अघि सम्पन्न तीन वटै वृत्ति तथा रोजगार मेलामा विद्यार्थी, युवा र गृहणी महिलाहरुको आकर्षणको केन्द्र बनेको आम अनुभूति रहन गएको नगरपालिकाले जनाएको छ।

मेलामा बढीभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिइएको छ । मेलामा कुल ४२ वटा स्टलको व्यवस्था र त्यसमध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहेको नगरपालिकाको भनाइ छ ।

यस चौथो रोजगार तथा वृत्ति मेला २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block