skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाँउपालिकाद्धारा हाइड्रो प्रभावित गाउँमा वित्तीय साक्षरता तथा सचेतना

कास्की । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा चारदिने शेयरसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, माघ २१ र २२ गते (२ दिन) माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा र २३ र २४ गते (२ दिन) माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ३ र सो वडाका गाउँहरुमा सम्पन्न गरिएको हो ।

सो वित्तीय साक्षरता, सचेतना र घरदैलो कार्यक्रम, वडा नंः ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखाका शाखा प्रबन्धक उज्जवल घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवन बहादुर कार्कीको समन्वयमा सम्पन्न भएको हो । उतm कायक्रममा वडा नंः ३ का वडा अध्यक्ष हरिश्चन्द्र लम्साल तथा वडा नंः ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीसमेत उपस्थित थिए भने क्यापिटलका तर्फबाट सञ्चालन प्रमुख करुना थापा तथा निक्षेप सदस्य विभागका कर्मचारी कोपिला पौडेल उपस्थित थिए ।

क्यापिटलले आफ्नो स्थापनाको ५ औँ वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाएको हो ।

 

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Health Tips Ad Road Block