काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल बिना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि उनले ब्रिफिङ गरेका छन् ।
‘हामीसँग विज्ञहरुको खाँचो छैन, लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ, तथापि नतिजा आउन सकिरहेको छैन । चार्टले प्रगति देखाउन सकिरहेको छैन ।’ मन्त्री अधिकारीले भने । उनले कृषि कर्ममा लागेकाहरुलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी छ, भने ।
कानुनी अबरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफूले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढी क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।























