काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तलाई एफपिओ निष्काशनको लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
संस्थाले १०० रुपैयाँ अंकित मूल्यमा ५१,२९२.५० कित्ता अर्थात् ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको एफपिओ निष्काशनको अनुमति पाएको हो ।
माघ ३० गते बोर्डले लघुवित्तलाई एफपिओ जारी गर्ने अनुमति दिएको हो । लघुवित्तको एफपिओ निष्काशनको बिक्री प्रबन्धकको काम नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ ।





















