skip this News Page Tips Ad Road Block

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको सलिकोमा दुर्घटना बीमा सुरक्षित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ । यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।

सम्झौतापत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्झौताअनुसार चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ भने नाबालिक यात्रुहरुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइने कम्पनीको भनाइ छ ।

इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हाम्रा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ । हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं । यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।’

Health Tips Ad Road Block