skip this News Page Tips Ad Road Block

पूँजी बजारका लगानीकर्तालाई प्रशिक्षण लगायतका लागि त्रिवि र धितोपत्र बोर्डबीच सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभाग (विभाग) र नेपाल धितोपत्र बोर्डबीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।

पूँजी बजारका विविध विषयमा अध्ययन/अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिवृद्धि लगायत बोर्डका कर्मचारीहरूको क्षमता वृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यवसायिकता अभिवृद्धि गर्ने सम्बन्धमा बुधबार द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो

सम्झौता पत्रमा बोर्डको तर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विभागको तर्फबाट विभागीय प्रमुख प्रा. भवानी शंकर आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र अनुसार बोर्डले तोकेका धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित विषयवस्तुमा एकल वा बोर्डसँग सहकार्य गरी अध्ययन–अनुसन्धान गर्ने, वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रमको विकास तथा साक्षरता अभिवृद्धि कार्यक्रम संचालन गर्ने/गराउने, विभाग अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई पूँजी बजार सम्बन्धमा तालिम तथा प्रशिक्षण प्रदान गर्ने एवं बोर्डका कर्मचारीहरूको क्षमता तथा व्यवसायिकता अभिवृद्धि गर्न सहयोग पुग्ने तालिम तथा अर्न्तक्रिया कार्यक्रमहरूको विकास तथा आयोजना गर्ने मुख्य उद्देश्य रहेका छन् ।

Health Tips Ad Road Block