काठमाडौं । फागुन महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर स्थिर राखेका छन् ।
बैंकहरुले प्रकाशन गरेको नयाँ तालिका अनुसार सबैजसो बैंकले माघको ब्याजदरलाई नै निरन्तरता दिएका हुन् ।
फागुनका लागि ग्लोबल आईएमई बैंकले ब्याजदर बढाएको छ भने बाँकी सबैको स्थिर रहेको छ । ग्लोबलले लामो अवधिको मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको हो ।
आर्थिक गतिबिधि सुस्त भएपछि गतवर्षदेखि नै बैंकहरुले ब्याजदर क्रमशः घटाउँदै आएका छन् ।






















