काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले वितरण गर्ने नगद लाभांश घोषणा भएको छ ।
सोमबार बसेको कम्पनीको १५३० औँ सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हाे ।
कम्पनीले आगामी फागुन २८ गते बुधबार आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।