Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको दरबारमार्ग पैदल मार्गमा ५ करोडभन्दा बढीको लागतमा ग्रेनाइड बिछ्याइँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउने काम थालिएको छ । यसको लागत ५ करोड १५ लाख रुपैयाँ रहेको छ । त्यहाँ भइरहेको कामको कामको काठमाडौं महानगरपालिकाको अनुगमन समितिले निरीक्षणसमेत गरेको छ ।

निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, ग्रेनाइड सेटिङ्को निरीक्षण गर्दै पैदल मार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राखेकी थिइन् ।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।

नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।

सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको छ । त्यसभन्दा माथि पिसिसी ढलान र त्योभन्दा माथि ग्रेनाइट विछ्याइन्छ । यो १६ एमएमसम्मको हुनेछ ।

सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा. लि. ले त्यहाँ काम गरिरहेको हो । २०८० चैत ६ गते निर्माण पक्षसँग यसबारे सम्झौता भएको थियो । योजनाको अवधि यही माघ मसान्तसम्म रहेको छ ।

Health Tips Ad Road Block