Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अपि पावरको नाफामा छलाङ, यस्तो छ अन्य सूचकको अवस्था

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/२०८२ को दोस्रो त्रैमासिक अबधिमा ३१ करोड १६ लाख ८८ हजार ३५० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यही अबधिमा कम्पनीले २१ लाख ४३ हजार ४२० रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यही अबधिलाई तुलना गर्दा कम्पनीको नाफा १४ हजार ४ सय ४१ प्रतिशतभन्दा बढीले बढेको देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेर ८५ करोड ८० लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको कुल नाफा गतवर्षको पुस मसान्तसम्ममा ५३ करोड १८ लाख २३ हजार रहेको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्मका ७१ करोड ८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको प्राइस अर्निङ रेसियो(मूल्य आम्दानी अनुपात) २५.८३, प्रतिशेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख २७ हजार ८०७ रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५५ करोड ७६ लाख ४० हजार ४६५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block