Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पाथीभरा केबलकार निर्माण विवादः आन्दोलन स्थगित, यस्तो छ ६ बुँदे सहमति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै भइरहेको आन्दोलन स्थगित भएको छ । नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच सहमति जुटेपछि तत्कालका आन्दोलन स्थगित भएको हो ।

सरकारी वार्ता टोलीसँग ६ बुँदे सहमतिपछि आन्दोलनकारीले तत्कालका लागि आफ्ना कार्यक्रम फिर्ता लिएको वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु) को भनाइ रहेको छ ।

छ बुँदे सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने, आन्दोलनका क्रममा घाइते भएकाको सरकारले उपचार गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको बिना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने लगायतका सहमति भएका छन् ।

यस्तो छ सहमति

Health Tips Ad Road Block