ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

कृष्णभोग चामलमा नयाँ स्किम सुन नै सुनको बहार, सुनको सिक्का जित्नेदेखि थाइल्याण्ड टूरसम्मको अफर

काठमाडौं । राधाकृष्ण राईस मिलको उत्पादन कृष्णभोग चामलले डिलरहरुका लागि सुन नै सुनको बहारको नयाँ स्किम ल्याएको छ । २०८२ असार मसान्तसम्म लागु हुने नयाँ स्किममा सुनको सिक्का जित्नेदेखि, थाइल्याण्ड टूर र नगद पुरस्कारको घोषणा गरिएको छ ।

काठमाडौंमा कृष्णभोग डिलर मिट २०२५ का अवसरमा यो स्किम सार्वजनिक गरिएको हो । डिलर मिटमा कम्पनीले देशभरबाट प्रतिनिधित्व गर्ने डिलरहरुलाई सम्मान गरेको छ ।

वाणिज्य आपूति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, नबिल बैंकका सिनियर डिसिइओ मनोज ज्ञवाली लगायतको उपस्थितिमा उक्त घोषणा भएको हो ।

कार्यक्रममा कम्पनीका तर्फबाट विभोर अग्रवाल, तुसार कुमार अग्रवाल लगायत कम्पनीका अधिकारीहरुले नेपालमा चामल उद्योगको विकासप्रति कम्पनी समर्पित रहेको भन्दै उपभोक्ताले चाहेको गुणस्तर दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी लागिरहेको सो अवसरमा जानकारी दिइएकाे छ ।

Health Tips Ad Road Block