Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कृष्णभोग चामलमा नयाँ स्किम सुन नै सुनको बहार, सुनको सिक्का जित्नेदेखि थाइल्याण्ड टूरसम्मको अफर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राधाकृष्ण राईस मिलको उत्पादन कृष्णभोग चामलले डिलरहरुका लागि सुन नै सुनको बहारको नयाँ स्किम ल्याएको छ । २०८२ असार मसान्तसम्म लागु हुने नयाँ स्किममा सुनको सिक्का जित्नेदेखि, थाइल्याण्ड टूर र नगद पुरस्कारको घोषणा गरिएको छ ।

काठमाडौंमा कृष्णभोग डिलर मिट २०२५ का अवसरमा यो स्किम सार्वजनिक गरिएको हो । डिलर मिटमा कम्पनीले देशभरबाट प्रतिनिधित्व गर्ने डिलरहरुलाई सम्मान गरेको छ ।

वाणिज्य आपूति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, नबिल बैंकका सिनियर डिसिइओ मनोज ज्ञवाली लगायतको उपस्थितिमा उक्त घोषणा भएको हो ।

कार्यक्रममा कम्पनीका तर्फबाट विभोर अग्रवाल, तुसार कुमार अग्रवाल लगायत कम्पनीका अधिकारीहरुले नेपालमा चामल उद्योगको विकासप्रति कम्पनी समर्पित रहेको भन्दै उपभोक्ताले चाहेको गुणस्तर दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी लागिरहेको सो अवसरमा जानकारी दिइएकाे छ ।

Health Tips Ad Road Block