Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधी चयन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे । अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई एवं शुभकामना दिए ।

नेपाल र अष्ट्रेलियाबीच व्यपार प्रर्वद्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्नशार्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अष्ट्रेलिया नेपालीहरुको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधी चयन गरिएको सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘नेपालबाट अष्टे«लियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अष्ट्रेलिया राम्रो बजार छ ।’

यस्तै अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्सशर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । नेपालमा व्यापार सहजीकरण मार्फत निर्यात प्रर्वद्धन गर्न आफले पहल गर्ने शर्माले बताए ।

नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रर्वद्धनका लागि प्रतिनिधी चयन गर्दै आएको छ ।

Health Tips Ad Road Block