काठमाडां । इन्डियन एशोसिएसनअफ ग्यास्ट्रो इन्टेस्टाइनल एण्ड इन्डोस्किोपिक सर्जन (आइएजीइएस) र सोसाइटी अफ सर्जनस् अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमाभ इरहेको छ । यो सम्मेलन जनवरी ३० देखि फ्रेबुअरी २ सम्म नेपाल मेडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा भइरहेको हो । सम्मेलनमा भारत तथा नेपालबाट २०० सय भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको छ ।
मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी, र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीहरुबारे ज्ञान आदनप्रदानगर्ने उद्धेश्यले यो सम्मेलन आयोजना गरिएको आइएजीइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताए ।
विश्वभरका प्रख्यात विशेषज्ञहरू, नवप्रवर्तकहरू र सर्जनहरूको सहभागिता र ज्ञान आदान प्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र यस क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने डा. अग्रवालले बताए ।
भारतबाट आएकाचिकित्सकहरुले नेपाल मेडिसिटीमा हुने दुरवीन प्रविधिबाट गरिने जीआई सर्जरी खासगरीHernia/LaparoscopicFundoplication, Colorectal तथा Gallbladder Appendix का जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरे ।
हालसम्म नेपाल मेडिसिटीमा दुई वटै शल्यक्रिया युनिटबाट ८००० भन्दा बढी शल्यक्रिया दुरवीन प्रविधिबाट भएको जानकारी एसएसनका पूर्व अध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्माले बताए ।
यसमा Gallbladder र Appendix बाहेक sCBD Stone, Fundoplication Liver, Stomach GIST, Colon Cancer, GI Neoplastic Cases सबै Laparoscopic विधिबाट गरिने अस्पतालले जनाएकाे छ । नेपाल मेडिसिटीमा अन्य पेटको क्यान्सरहरुलाई पनि ल्याब असिस्टेन्ट सर्जरी गरिन्छ भने GIST ट्मयुरहरुको Rendezvous Technique (Endoscopic and Laparoscopic) बाट निवारण गर्ने गरिन्छ ।
यहाँ इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरी क्यान्सर पत्ता लगाउने र यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइन्छ । त्यस्तै, शल्यक्रिया गर्नका लागि अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ ।
नेपाल मेडिसिटी अस्पतालमा विभिन्न वर्कशप आयोजना गरिएको थियो जहाँ सहभागी चिकित्सकहरुलाई पेपर प्रेजेन्टेसन, विभिन्न सिकाई गतिविधिका साथै एफएएलएस हर्निया फेलोसिप, एफआईएजिईएस फेलोसिप, इएफआईएजिईएस फेलोसिप प्रदान गरिएको थियो ।
सम्मेलनमा विशेषत शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधिहरू जस्ता परिवर्तनकारी आविष्कारहरूको खोजीबारे छलफल गरिएको डा. शर्माले बताए ।
सम्मेलनमा आइएजिइएसले डा. शर्मालाई अनररी फेलोसिप दिनुका साथसाथै यस सम्मेलनको दुई मुख्य ओरेसन मध्य एक विशेष मन्तव्य डा. शर्माले दिनेछन् ।























