Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्यासबाहेक सबै पेट्रोलियमको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज राति १ बजेदेखि लागु हुनेगरी ग्यासबाहेक बाँकी सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगम लिमिटेडले भारतीय आयल कर्पाेरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढ्न गएको जनाएको छ ।

निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल/मट्टितेलमा ४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ ।

भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले स्पष्ट पारेको छ । यता एलपि ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Health Tips Ad Road Block