Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालयन लाइफ इन्स्योरेन्सले बोनस पारित गर्न बोलायो साधारण सभा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभा आव्हान भएको छ । संचालक समितिको सोमबार बसेको ३५ औँ बैठकबाट कम्पनीको सत्रौं वार्षिक साधारण फागुन ११ गते आइतबार अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनको लागि कम्पनीको शेयर दाखिल खारेज बन्द अर्थात् बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार माघ २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

इन्स्योरेन्सले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ ।

कम्पनीको सञ्चालक समितिको ३४ औं बैठकले आर्थिक वर्ष २०७९/२०८० को वित्तीय विवरण बमोजिम शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । यसमा प्रचलित कानुनी व्यवस्था बमोजिम बोनस शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने निर्णय भएको छ ।

Health Tips Ad Road Block