काठमाडौं । केही दिनयता निरन्तररुपमा सुनको मूल्य घटिरहेको छ । यहीक्रममा मंगलबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेको छ । सोमबार सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८३५ रुपैयाँमा रहेको छ ।






















