Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रुकुमको आठबिसकोटमा एनएमबि बैंकको नयाँ शाखा

Citizenlife ad 2082 falgun to baishak 2083

रुकुम । एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठबिसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायव महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२ औँ शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

आठबिसकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

आठबिसकोट शाखासहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block