Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ति शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको हो । उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनिकरणबारे जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।

Health Tips Ad Road Block