Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आठौँ चेम्बर एक्स्पो माघ १७ देखि भृकुटीमण्डपमा, सफ्टवेयर र एआई प्रोजेक्ट प्राथमिकतामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको चेम्बर एक्स्पो २०२५ काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि शुरु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित आठौँ नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आर्कषणका रुपमा यो वर्ष सफ्टवेयर र एआई प्रोजेक्ट स्टलका रुपमा रहनु सवैभन्दा महत्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । केही वर्षमै खर्बाैंको निर्यात गर्न सकिने क्षेत्र भएकाले आइटी क्षेत्रलाई चेम्बरले महत्वका साथ अगाडि बढाएको उनले बताए ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।

चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए । युवालाई उत्प्रेरणा र देशलाई नै आइटी हब बनाउने सुरुवातकोरुपमा यो एक्स्पोमा आइटीलाई ध्यान दिइएको उनले बताए । सरकारले उपयुक्त नीति बनाइदिने हो भने नेपाललाई डाटा सेन्टरको हब बनाउन सकिने उनले बताए ।

विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, होम एप्लायन्स, लजिस्टिक, टेक्स्टाइल, फर्निचर, गार्मेन्टस, लेदर गुड्स, ज्वेलरी आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रोडक्ट्स लगायत सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास चेम्बरको छ । चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन् । ५ दिनसम्म चल्ने एक्स्पो ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बर मेलामा व्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङक, तथा एजुकेशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् । अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।

 

Health Tips Ad Road Block