Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छः अध्यक्ष ढकाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्ने तर्फ सरकारका क्रियाकलापहरु केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने धारणा राखे ।

“व्यापार सहजीकरण, स्वच्छ र निश्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मूख्य उदेश्य लिएर हिडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व संकलनलाई उच्च महत्व दिएको अवस्था छ । तर मुलुकको समग्र विकासको लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु मुलुकको दिर्घकालिन हितको लागि श्रेयस्कर हुन्छ ।” उनले भने । उनले वैध व्यापार प्रोत्साहित गरी अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मख्य देशहरुसँग द्धिपक्षीय सम्झौता गरी स्वचालित डाटा आदनप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्युन तथा अधिक विजकीकरण, वर्गीकरण लगायतका समस्याहरु धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए । ठूलो मात्रामा व्यापार हुने छिमेकी मुलुकहरुसँगको खुला सिमाना, आयातमुखी राजस्व संरचना, स्वदेशी उद्योगको संरक्षणको लागि सरकारले लगाएका भन्सारका उच्च र धेरै प्रकारका दरहरुले चोरी पैठारी र राजस्व जोखिमलाई बढाईरहेको हुनाले यसको न्यूनीकरणको लागि नीतिगत रुपमा नै सम्बोधन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो ।

एकद्धार प्रणाली कार्यान्वयनमा आएपछि भन्सार सम्वन्धि अन्य धेरै निकायबाट जारी हुने शिफारिस, अनुमति लगायतका प्रमाणपत्रहरु स्वचालित रुपमा हुने गरेका र यसले यसले आयात निर्यात धेरै सहज भएको उल्लेख गर्दै उनले निकासीको लागि आवस्यक पर्ने उत्पत्तीको प्रमाणपत्रलाई पनि एकद्धार प्रणालीमा आवद्ध गर्न भन्सार विभागले आवश्यक पहल गर्न आग्रह गरे । उनले प्रविधिसँगै भौतिक पूर्वाधारहरुको पनि व्यापार सहजीकरणमा महत्वपुर्ण योगदान रहने उल्लेख गर्दै निर्माणाधिन आइसीपीहरुको सिघ्र निर्माण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाहरुको स्थापना र विस्तारमा समयमै ध्यान दिन समेत सरकारलाई आग्रह गरे ।

अध्यक्ष ढकालले सार्वजनिक सेवा प्रवाह र लगानी अभिवृद्धि गर्ने वातावरण निर्माणका लागि अध्यादेशबाट एकमुष्ट २ दर्जनभन्दा बढी कानुनहरुमा भएको संशोधनले मुलुकमा सकारात्मक व्यवसायिक वातावरण बनिरहेको अनुभुती निजी क्षेत्रले गरेको बताए । महासंघले चालु आर्थिक बर्षको बजेट तर्जुमाको क्रममा छुट्टै भन्सार महसुल ऐन, भन्सार जाँचपास परिक्षणको समयसीमा लगायतका भन्सार सम्बन्धी धेरै सुझावहरु दिएको स्मरण गराउँदै अध्यक्ष ढकालले महासंघले उठाएका केही विषयहरु सम्बोधन भएपनि अन्य थुप्रै विषय थाती रहेकोले आउने दिनमा ती विषयहरुमा सम्बोधन हुने अपेक्षा गरे ।

७३ बर्ष अगाडि विश्व भन्सार परिषद्को पहिलो सम्मेलन भएको सम्झनामा आजको दिन (२६ जनवरी) लाई विश्व भन्सार संगठनका सबै सदस्य राष्ट्रहरुमा विभिन्न कार्यक्रम आयोजना गरी यो ऐतिहासिक अवसरलाई स्मरण गर्ने गरिन्छ ।

Health Tips Ad Road Block