Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाइनुपर्ने, संख्या वृद्धिसँगै पर्यटक लक्षित एकीकृत रणनीतिक योजनाको आवश्यकता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ । त्यस्तै आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउनुपर्ने पनि देखिन्छ । यही विषयलाई मध्यनजर गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन् ।

बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उनले बताएका हुन् । आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उनले स्पष्ट पारेका छन् ।

‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ। नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो,’ उनले भने, ‘यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ।’

‘२४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन। माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ।’

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’को रूपमा व्यवहार गर्न सक्याे त्यती नै पर्यटकको संख्या बढाउन सकिने उनको दाबी छ । पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको मन्त्री पाण्डेको भनाइ छ ।

४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले यी विषय उदृत गरेका हुन् ।

सो अवसरमा पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले विभागको अभिन्न अंगको रुपमा पर्यटक प्रहरीले काम गरिरहेकाे उल्लेख गरे । पर्यटन क्षेत्रको प्रवद्र्धन, सूचना दिने, उद्दार गर्ने, चोरी एवं ठगीलगायत अव्यवहारिक कार्य नियन्त्रण गर्न पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंशा गर्दै रेग्मीले आगामी दिनमा पर्यटक प्रहरीको संगठनात्मक सुधार, दक्षता अभिवृद्धि गर्ने लगायत क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पर्यटक प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले पर्यटन नीतिलाई हेरेर पर्यटक प्रहरीले संवेदनशिल हिसाबले काम गरिरहेकाे धारणा राखे । बढ्दो पर्यटकको संख्यासँगै सुरक्षा चुनौतीलाई मध्यनजर गरी सरोकारवाला सबै निकायकाे सहकार्यमा पर्यटक लक्षित एकीकृत रणनीतिक योजना अगाडि बढाउनुपर्ने आवश्यकता उनले औल्याएका छन् ।

Health Tips Ad Road Block