काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अनलाईन प्लेटफर्ममार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ‘थ्री डी सेक्युर’ ई–कमर्श सेवाको सुरुवात गरेको छ । बैंकले नविनतम डिजिटल बैकिङमार्फत लामो समयदेखि आफ्ना ग्राहकवर्गहरुलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र नयाँ सेवा सुरु गरेको हो । बैंकले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत् सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्ममार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ‘थ्री डी सेक्युर’ ई–कमर्श सेवाको सुरुवात गरेको छ ।
उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरुले गरिमा विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्ने बैंकले जनाएको छ । यसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिने बैंकको भनाइ रहेको छ । अनलाईनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको गरिमा विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास बैंकको रहेको छ ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।






















