काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएम वान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरू नै बदल्ने एक विशेष योजना ल्याएको जनाएका छ । यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने कम्नीका भनाइ छ।
यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएम वान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यस योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख र टीएम वानको लागिने ५.९९ लाख रुपैयाँसम्मको डाउन पेमेन्ट पनि समावेश रहेको कम्पनीले जनाएको छ । जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने कम्पनीको भनाइ छ।
यसका साथै ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एक वर्षको निःशुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन्। घरमै सुविधाजनकरूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन् । यसमाथि अझै मूल्य थप्न यो योजनाले निःशुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप–अप बेस्ट भ्यालुएसन बोनस पनि समेट्ने कम्पनीले जनाएको छ।
यो प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लूवृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उसको भनाइ छ । कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँच योग्य र किफायती बनाउने लक्ष्य राखेको छ। यो सीमित समयको अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैले ग्राहकहरूलाई थप जानकारी र यो रोमाञ्चक अवसरको फाइदा लिन आफ्नो नजिकको एमएडब्लूवृद्धिको डिलरमा सम्पर्क गर्न कम्पनीले भनेको छ ।






















