Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भन्सार प्रशासन सुधार गरेर प्रविधिमैत्री बनाउन चेम्बरको ध्यानाकर्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासन सुधार गरेर प्रविधिमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई सम्मान गर्दै चेम्बरले यस्तो ध्यानाकर्षण गराएको हो ।

भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

सो अवसरमा अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार मार्फत व्यापार सहजीकरण गरिनुपर्ने धारणा राखे । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । विश्व भन्सार संगठनबाट निर्धारित मुल्याङकन पद्धती अनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । सबै प्रकारका हार्मोनिक कोडहरुमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताए । हार्मोनिक कोडको अस्पस्टताले गर्दा कुनै पनि प्रकारको भूत प्रभावित करको दायित्व सिर्जना हुन नहुने अध्यक्ष अग्रवालको भनाइ छ । भन्सार कार्यालयहरुमा प्रज्ञापन पत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रियाहरु छिटो छरितो र भण्झटरहित बनाईनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । विश्व व्यापार संगठन, बिम्स्टेक र साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार विद्यमान भन्सारका दरहरुलाई घटाईनुपर्ने उनको भनाई छ ।

चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । सीमाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।

चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले भन्सार मुल्याङकन वास्तविक भन्दा बढी हुँदा समस्या भएको बताए । भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरेर कारोबार मूल्यलाई मान्यता दिने हो भने राजश्व संकलन वृद्धि गर्न सकिने वरिष्ठ उपाध्यक्ष मल्होत्राले बताए ।

अर्थसचिव घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने भएकाले नीतिगत अफ्ठ्याराहरु सहज बनाउँदै लगिने बताए । सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्नका लागि विभिन्न अध्यादेश ल्याएकाले निजी क्षेत्रको मनोवल उकासिनुपर्ने घिमिरेले बताए ।

Health Tips Ad Road Block