Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

समितिले पछिल्लो समय अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलका अनुसार हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि भएको निष्कर्षमा समितिले निकालेको र तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको हो ।

त्यस्तै समितिले सिमेन्टको मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जवाफ पेश गर्न समेत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

Health Tips Ad Road Block