Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बैंकिङ प्रणालीबाट ९० अर्ब उठाउँदै राष्ट्र बैंक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब उठाउन लागेको छ । बैंकहरुले सोचेअनुरुप लगानी बढाउन नसकेपछि तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ९० अर्ब रुपैयाँ तान्न लागेको हो । बोलकबोलमार्फत २१ दिनका लागि बजारबाट बजारबाट पैसा तान्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि तरलता भएका क, ख र ग वर्गका बैंक वित्तीय संस्थासँग राष्ट्र बैंकले प्रस्ताव मागेको छ ।

राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको हाे । बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज माघ ३० गते भुक्तानी हुने जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

Health Tips Ad Road Block