Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतको नयाँ दिल्लीमा ११ औँ अटो ट्रेड डायलग सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औँ अटो ट्रेड डायलग सम्पन्न भएको छ । सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभावसम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफ्नो धारणा राखेका थिए । नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे उनले जानकारी गराएका थिए ।

सोहीक्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भईरहेको प्रयासबारे धारणा राख्दै नेपाल सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बल प्लाण्टमार्फत उद्योगतर्फ अग्रसर हुँदै गएको जानकारी दिए । पेनेलिष्टको रुपमा धारणा राख्दै अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरुको आयात घट्दै गएको भएपनि नेपालको सरकारले ग्रीन इनर्जीलाई उच्च प्राथमिकतामा राखेका कारण नेपालमा विद्युतीय सवारी साधनहरुको आयात हरेक बर्ष बढ्दै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिँदै गएको बताए ।

यसैक्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतीय सवारी साधनहरुको हव बन्दै गएको समेत बताए ।

उक्त ११ औँ अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रीकाका डेपुटी हाई कमिशनर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्स एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत सम्बोधन गरेका थिए ।

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो ।

पहिलो चरणमा व्यापार सम्झौतामा एकिकृत लगानी, दोस्रो चरणमा स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेस्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधिलगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले पेनेलिष्टका रुपमा आ—आफनो धारणा राखेका थिए ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोबिलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्र कुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधानसमेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block